दफा १३
निरीक्षण वा अनुगमन गर्न सक्ने
  (१) संवैधानिक निकाय वा नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, विभाग वा कार्यालयले नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा संविधान, यो ऐन र अन्य प्रचलित कानून तथा आयोगले समय समयमा तोकेको कार्यविधि र शर्त बमोजिम गरेको छ वा छैन भन्ने सम्बन्धमा आयोगले निरीक्षण गर्न वा गराउन सक्नेछ ।
(२) सैनिक सेवा, सशस्त्र प्रहरी सेवा वा प्रहरी सेवा वा अन्य सरकारी सेवा सञ्चालन गर्ने निकाय तथा सामान्य सिद्धान्तका सम्बन्धमा आयोगको परामर्श लिएका सार्वजनिक संस्थाले सामान्य सिद्धान्तका सम्बन्धमा आयोगबाट प्राप्त परामर्श अनुरुप गरे वा नगरेको सम्बन्धमा आयोगले अनुगमन गर्न वा गराउन सक्नेछ ।